९ कार्तिक २०८३, सोमबार

घुस लिएको आरोपमा इञ्जिनियरसहित दुई पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २२ कात्तिक । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ।

घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा पौडेलसहित उनलाई सहयोग पुरयाउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो।

अख्तियारका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारस्थित एक होटलबाट पक्राउ गरिएको हो।

सेवाग्राहीसँग रकम माग गरेको अडिओ रेकर्ड, घटनास्थलमा गरिएको ‘रङ्गेहात परीक्षण’ र अख्तियारमार्फत् सेवाग्राहीले दिएको ७५ हजार रुपैयाँ बरामद भएसँगै ‘घुस रिसवत् भ्रष्टाचार’ मुद्दामा कारवाहीका लागि उनीहरूलाई पक्राउ गरिएको छ।

पक्राउ परेकालाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले कारबाहीका लागि विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपश्चात् मुद्दा दायर गर्ने जनाएको छ । –रासस