
काठमाडौं, २२ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकटका सचिवालयका सदस्यहरूसँग परामर्श गरेका छन् ।
धुम्बाराहीस्थित पार्टी मुख्यालयमा शनिबार बिहान दाहालले माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् । छलफलमा नेकपाभित्रको विवाद कसरी समाधान गर्नेभन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
शुक्रबार पनि आफू निकटका सचिवालय सदस्यहरूसँग परामर्श गरेका दाहालले शनिबार बिहानैदेखि गुटगत भेला, बैठक र परामर्शहरू गरेका छन् ।
दाहालसहितका सचिवालय सदस्यहरूले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग भेट्ने तयारी गरेको बुझिएको छ ।















प्रतिक्रिया