६ मंसिर २०८३, आइतबार

कोरोना फैलिएपछि रौतहटमा निषेधाज्ञा लाग्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रनिगाहापुर, २२ कात्तिक । रौतहटमा कोरोना सङ्क्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले पुनः निषेधाज्ञा लगाएको छ ।

तिहार, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार राति १२ बजेदेखि मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।