
काठमाडौँ, २१ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ३ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
संक्रमितमध्ये ५ सय ७० जना महिला र ७ सय ६८ जना पुरुष रहेका छन् ।
हाल काठमाडौँमा १५ हजार १ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, भक्तपुरमा १ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा २ हजार २ सय २६ जना रहेका मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया