
काठमाडौँ, २१ कात्तिक । नेपालमा गत २४ घण्टामा थप ४ हजार ५ सय जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
योसहित निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।
शुक्रबार २ हजार ९ सय ९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या १ हजार ७० जना पुगेको छ ।















प्रतिक्रिया