९ कार्तिक २०८३, सोमबार

शुक्रबार थप २९ सय ९ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४ हजार ५ सय जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार ७० जना पुगेको छ ।