१ कार्तिक २०८३, आइतबार

हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ ।

सिस्नुपानी नेपालका महासचिव समेत रहेका गजुरेल लक्षणसहितको कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै बसेका थिए ।