
कैलाली, २१ कात्तिक । कोरोना संक्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ ।
उक्त नगरपालिका–३ का वडा अध्यक्षसमेत रहेका ६३ वर्षीय शाहको शुक्रबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि १० दिनअघि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा भर्ना भएका वडाध्यक्ष शाहको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा शाह तत्कालीन नेकपा एमालेबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।















प्रतिक्रिया