
पोखरा, २१ कात्तिक । पोखरा महानगरका ३६ जनासहित गण्डकी प्रदेशमा शुक्रबार बिहान ४१ जना नयाँ संक्रमित थप भएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ३६ सहित कास्कीको मादी र रुपामा १÷१ तथा लमजुङका ३ गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगर–७ का ३ पुरुष तथा १ महिला, ८ का २ पुरुष, १० की १ महिला, १२ का १ पुरुष तथा १ महिला, १३ का २ पुरुष तथा १ महिला, १४ का २ पुरुष तथा २ महिला, २६ का २ पुरुष, २७ का ७ पुरुष तथा ४ महिला, २९ की १ महिला, ३० का २ पुरुष तथा २ महिला, ३१ का २ महिला, कास्की रुपा ५ का १ पुरुष तथा मादी ६ की १ महिला, लमजुङ सुन्दरबजारका वडा नखुलेका ३ जना पुरुष छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८४ पुगेको छ ।















प्रतिक्रिया