नयाँदिल्ली, २१ कात्तिक । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि मार्कुस स्टोनिसले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे ।
कागिसो राबडा १५ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।















प्रतिक्रिया