२ कार्तिक २०८३, सोमबार

डेमाेक्र्याटहरूमाथि ह्वाइट हाउसबाट ट्रम्पकाे शक्तिशाली आरोप

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई निर्वाचित हुन नदिनका लागि डेमाेक्र्याटहरूले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।

उनले कुनै पनि प्रमाणबिना चुनावमा धाँधलीको आरोप लगाएका हुन् । शुक्रबार बिहान ह्वाइट हाउसमार्फत गरिएको सम्बोधनका क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरेका छन् ।

उनले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी हुने बताएका छन् । डेमोक्र्याटहरूले आफूबाट पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर डेमोक्र्याटतर्फ लगेको आरोप लगाए । उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए ।

उनले हुलाकमार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।