१ कार्तिक २०८३, आइतबार

राष्ट्रप्रमुख दलको सदस्य हुनुहुँदैन : अध्यक्ष राणा

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक दलभन्दा माथि रहने सस्ंथाले मात्र संविधानअनुकूल निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

प्रजातान्त्रिक मान्यता र संविधानको परिकल्पना बमोजिम पुरानो संस्था मात्र निष्पक्ष राष्ट्र प्रमुख रहन सक्ने भन्दै अध्यक्ष राणाले राजसंस्थाको आवश्यक्ता र जनचाहनातर्फ इंगित गरेका छन् । ‘अभ्यास, अनुभव र जनअपेक्षाले यही दर्शाउछ’, उनले बिहीबार ट्विट गर्दै भनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न सक्रिय भएको भन्दै उनले भनेका छन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पुनः सक्रिय हुनुभयो । यो सम्माननीय राष्ट्रपतिको स्वभाविक आचरणहो । एमालेमा हुर्केको व्यक्तिको कर्तव्य हो ।’

अध्यक्ष राणाले भने, ‘त्यसैले राष्ट्र प्रमुख दलको सदस्य हुनुहुन्न भन्ने प्रजातान्त्रिक मान्यता आवश्यक भएको छ । कुनै दलको पक्षपाति नहुने पुरानो संस्थाले मात्र संविधानले परिकल्पना गरेको निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्दछ ।’