१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी दर्जाको चिह्न प्रदान

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छिन् ।

बिहीबार साँझ राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरकी हुन् । उक्त समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गरिन् ।

नेपाल–भारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

उक्त समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति रहेको थियो । आज साँझ प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले उनको सम्मानमा जङ्गी अड्डामा रात्रीभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।