१ कार्तिक २०८३, आइतबार

कमला मुस्कानको ‘जुधे आँखा’ सार्वजनिक

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका कमला मुस्कानको नयाँ सांगीतिक कोशेली ‘जुधे आँखा’ बोलको गीत सार्वजनिक भएको छ ।

आफ्नै शब्द र स्वरमा सजिएको सो गीतले युवा पुस्तालाई केन्द्रित गगरिएको तथा माया–प्रेमलाई झल्काउने गायिका मुस्कानको भनाइ छ ।

प्रेमिल दुनियाँमा मायाविना संसार कसरी टिक्न सक्छ भन्दै गायिका मुस्कानले भनिन्, ‘मैले एउटा युवा पङ्क्तिको शुमधुर प्रेमवाला परिवेशलाई महशुस गरी यो गीत लेखेर आफ्नै स्वरमा गाएकी हुँ ।’

हालै मुस्कानको आफ्नै युटयूव च्यानलबाट रिलिज गरिएको उक्त गीत आफ्नै लगानी, शब्द तथा स्वरमा तयार पारिएको उनको भनाइ छ । उक्त संगीत तथा एरेन्जमा दिनेश थापा, डिरेक्टरमा सुयश शाक्य, क्यामरामा पुकार राज श्रेष्ठ, एडिटरमा दिप्सन डङ्गोल, मोडलमा आरके गौतम र अस्मिता बास्तोलाले निकै ठूलो भुमिका खेलेको उनले बताइन् ।

हेर्नुहोस् भिडियो–