काठमाडौं, २० कात्तिक । भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको साथमा नेपाल भ्रमणमा आएकी उनकी पत्नी विना नरवणे र नेपाली सैनिक श्रीमती संघका पदाधिकारीबीच भेटवार्ता भएको छ ।
भारतीय सेनाको आर्मी वाइभ्स वेलफेयर एसोसिएशन (एएडब्ल्यूए) की अध्यक्ष समेत रहेकी विना नरवणेले बिहीबार जंगी अड्डा भद्रकालीस्थित् नेपाली सैनिक श्रीमती संघको कार्यालयमा, संघकी अध्यक्ष श्रीमती दीपा थापासँग शिष्टाचार भेटघाट गरेकी हुन् ।
भेटका अवसरमा उनले संघद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिनाका साथै संघका अन्य पदाधिकारीहरुसँग अन्तर्क्रिया समेत गरेकी थिइन् ।

















प्रतिक्रिया