
काठमाडौं, २० कात्तिक । कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै बिरोधमा उत्रिएका स्वास्थ्यकर्मी कर्मचारीहरुले वीर अस्पतालमा धर्ना तथा प्रदर्शन जारी राखेका छन् ।
स्वास्थ्यकर्मी कर्मचारीहरुले पदाधिकारीबिरुद्द नाराबाजी गर्दै बिहीबार बिहान साढे १० बजेदेखि १ घण्टा धर्ना दिएका छन् । आफ्ना माग सुनुवाई गराउन शान्तिपूर्वक दबाब दिँदा सम्बन्धित पक्षले ध्यान नदिँदा आन्दोलित बनेका कर्मचारीहरुले अझै बेवास्ता भए आइतबारबाट थप कडा आन्दोलन गर्ने बताएका छन् ।
कार्तिक ३ गतेदेखि बिरोधमा उत्रिएका उनीहरु दशैंपछि फेरि आन्दोलनमा जुटेका हुन् । चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएपछि वीर अस्पतालका कर्मचारीहरु आन्दोलित भएका हुन् ।















प्रतिक्रिया