१ कार्तिक २०८३, आइतबार

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गर्दै ।

काठमाडौं, २० कात्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ ।

सैनिक मुख्यालय जङगी अड्डामा बिहीबार आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले यस अवसरमा सैनिक टुकडीबाट प्रस्तुत सम्मान गार निरीक्षण गरेका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार नेपाल आइपुगेका हुन् ।

सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपेका छन् । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरू भएको छ । यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलमा रहेको वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने छन् ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुने छन् । रासस