१ कार्तिक २०८३, आइतबार

एशियाली शेयर बजार ३ वर्षकै उच्च स्तर नजिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । बिहीबार एशियाली शेयर बजारमा तीव्र वृद्धि देखिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार लामो समयदेखि चर्चामा रहेको अमेरिकी चुनावमा जो बाइडन बढी मतका साथ अगाडि रहेकाले लगानीकर्ताहरु आशावादी हुदाँ एशियाली शेयर बजार ३ वर्षयताकै उच्च स्तर नजिक पुगेको बताइएको छ ।

यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर १ दशमलव ३ प्रतिशतले बढेको छ । यो सन् २०१८ फेब्रुअरी यताको उच्च हो ।

यसैगरी जापानको निक्केई सूचक १ दशमलव १ प्रतिशतले बढेर ९ महिनायताकै उच्च स्थानमा पुगेको छ भने दक्षिण कोरियाको शेयर बजारमा १ दशमलव ५ प्रतिशतको बढोत्तरी देखिएको छ ।

यता चिनीयाँ ब्लू चिप्स शेयरमा ० दशमलव ८ प्रतिशतको बढोत्तरी देखिएको छ । बिडेन राष्ट्रपति पदमा चुनिएसँगै अतिरिक्त शुल्क फिर्ता हुने अपेक्षासँगै चिनीयाँ शेयरमा बढोत्तरी देखिएको हो ।

एसएण्डपी ५०० का लागि ई–मिनी फ्यूचर्स ० दशमलव १ प्रतिशतले बढेको छ ।