१ कार्तिक २०८३, आइतबार

पूर्वपतिले खुकुरी प्रहार गर्दा युवतीको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, २० कात्तिक । सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ।

२९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर सँगै बस्दै आएको पाइएको छ ।

स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरी टाउको तथा शरीरको अन्य विभिन्न भागमा हान्दा सोमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए।

घटनाको विषयमा प्रहरीमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली गई हत्या आरोपमा होमबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा राखिएको छ भने आरोपितलाई जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै छ । रासस