१ कार्तिक २०८३, आइतबार

मेरो माइक्रो फाइनान्सले कति गर्यो लाभांश प्रस्ताव ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले १६ दशमलव ९३९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ८९१६ प्रतिशत जगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले कुल १४ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर र ७६ लाख २४ हजार २१०.५३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र माइक्रोफाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।