६ मंसिर २०८३, आइतबार

कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० कात्तिक । नेपाली कांग्रेस शीर्ष नेताको बैठक आज बस्ने भएको छ ।

सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो ।

वरिष्ठ नेता पौडेल पक्षले असोज १२ मा सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै विरोध पत्र बुझाएको थियो ।

१६ बुँदे विरोधपत्रको वरिपरि रहेर समाधान खोज्नुपर्ने पौडेल पक्षको माग छ । देउवा पक्ष विगतका निर्णय विधानमा टेकेर भएको दाबी गर्दै निर्णय नसच्याउने पक्षमा छ ।