६ मंसिर २०८३, आइतबार

देवताले सुधारिदिएको डोल्पाको यो गाउँ, मदिरा पाउनै छाड्यो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपलाल बोहोरा

डोल्पा, २० कात्तिक । देवताप्रति आस्थाका कारण डोल्पाको एउटा गाउँमा मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ को नर्कु थरगाउँ अहिले मदिरा पाइन छाडेको छ ।

स्थानीयवासिन्दा देवताप्रति आस्था गरी पूजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ । यसरी मदिरा शून्य भएपछि गाउँ घर शान्त भएको छ ।

३३ घरधुरी भएको बस्तीमा कसैले मदिरा उत्पादन तथा सेवन गर्दैनन् । कुल देवता प्रतिको आस्थाका कारण दुई वर्षबाट गाउँमा मदिरा पाइन छाडेको स्थानीय पुजारी रामबहादुर बोहोराले जानाकारी दिए ।

यो गाउँमा पहिला मदिरा सेवन गर्ने, हो हल्ला गर्ने, घरमा दिनहुँ झै–झगडा हुने, विभिन्न घरेलु हिंसा हुन्थो । देवताले नै सबै रोक्न लगाएको भन्दै स्थानीयले मदिरा बनाउन र पिउन छाडेपछि अहिले गाउँ शान्त भएको वडा सदस्य मुनलाल बुढाले बताएका छन् ।

यो गाउँमा १३ जना धामी र १२ जना पुजारी रहेका छन् । क्षेत्रीको मात्र बसोबास रहेको बस्तीमा मदिरा शून्य भएपछि सामाजिक सदभाव राम्रो भएको छ ।