नयाँ दिल्ली, ८ चैत । भारतको राष्ट्रिय संसदमा आइतबार आगलागी हुँदा अग्निनियन्त्रकहरू त्यहाँ पुगेका छन् । नयाँ दिल्लीको केन्द्रमा त्यहाँको ऐतिहासिक संसदीय भवन अवस्थित छ ।
संसदीय भवनको परिसर घेर्ने रातो ढुङ्गाको पर्खालबाहिरबाट आकाशमा धुवाँको मुस्लो देखिएको थियो भने प्रहरीले उक्त भवनको चारैतिरको बाटो खाली गराउने प्रयास गरेको थियो ।
उक्त आगो निभाउन ३० अग्निनियन्त्रण अधिकारी तथा ११ वारुणयन्त्र उपयोग भएको जानकारी एक उच्च अधिकारीले दिए । आगो स्थानीय समय अनुसार अपरान्ह २ः२१ मा आरम्भ भएको तथा २० मिनेटमा त्यसलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।
दिल्लीका अग्निनियन्त्रण सेवाका निर्देश ए.के. शर्माले एनडीटीभीलाई आगोलाई फैलन नदिइएको जानकारी दिनुभयो ।
आगो वास्तवमा कहाँ लागेको भन्ने स्पष्ट भएको छैन र प्रमुख संसदीय भवनमा आगो नलागेको ठानिएको छ ।
भारतको संसदीय भवनको ढाँचा सन् १९२७ मा बेलायती वास्तुविद एडविन लुट्यन्सले तयार गर्नुभएको हो । आइतबार भवन बन्द रहेको थियो र निकै कम कर्मचारी त्यहाँ रहेको बताइएको छ । रासस/एएफपी














प्रतिक्रिया