६ मंसिर २०८३, आइतबार

कांग्रेस नेता जोशीको प्रश्न, ‘विद्यासुन्दरजी, महामारीले विकराल रुप लिइरहँदा तपाईं कहाँ हुनुहुन्छ ?’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले कुनै पनि बहानामा नागरिकको पेट भोको राख्न नपाइने बताएका छन् ।

बुधबार ट्वीट गर्दै जोशीले कोरोनाले समस्यामा परेका नागरिकहरू भोको पेट बस्नु पर्ने अवस्था आउन दिन नहुने बताए ।

उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कहाँ छन् भन्दै प्रश्न पनि गरेका छन् ।

उनले भनेका छन्, ‘विद्यासुन्दरजी, काठमाडौंमा महामारीले विकराल रुप लिइरहँदा तपाईं कहाँ हुनुहुन्छ ? भोको पेटलाई भोकै बस्न बाध्य बनाउँदा तपाईंको इज्जत कहाँ पुग्यो ? भोको पेट भर्न अघि बढेका सहृदयी हातलाई सरसफाइको बहानामा रोक्नु अन्याय हैन र ?’