६ मंसिर २०८३, आइतबार

भारतीय स्थल सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ कात्तिक । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नरावणेको नेपालमा औपचारिक भ्रमण हुन लागेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।