८ कार्तिक २०८३, आइतबार

कांग्रेस नेता विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

कात्तिक १ गते कोरोना पुष्टि भएको उनमा आजदेखि स्वास्थ्यमा सुधार आउनुका साथै पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
काठमाडौँको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचाररत उनको आजदेखि स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

कोरोना र निमोनियाका कारण उनको फोक्सोले राम्रोसँग काम गरेको थिएन ।

सुरूमा आइसियु र पछि ग्राण्डीको भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

उनको आज गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको विश्वकर्माका सहयोगी आकाश उप्रेतीले जनाएका छन् ।

विगत ६ दिनदेखि अचेत विश्वकर्माको फोक्सोले पनि काम गर्न थालेको बताइएको छ ।

संक्रमणपछि केही दिन होम आइसोलेसनमै बसेका उनको सुरूमा तीन दिन वीर अस्पतालमा उपचार गरिएको थियो । कात्तिक १२ देखि भने उनलाई ग्राण्डीको आइसियुमा राखेर उपचार गरिएको थियो ।