
काठमाडौँ, १८ कात्तिक । नेपालमा गत २४ घण्टामा थप ३ हजार १ सय ४२ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
योसहित निको हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ ।
मंगलबार थप ३ हजार १ सय १४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या १ हजार ४ जना पुगेको छ ।















प्रतिक्रिया