८ कार्तिक २०८३, आइतबार

काठमाडौँ उपत्यकामा थप १४ सय ६८ मा कोरोना, ३ जिल्लामा कति छन् सक्रिय संक्रमित ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४ सय ६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

संक्रमितमध्ये ६ सय ४९ जना महिला र ८ सय १९ जना पुरुष रहेका छन् ।

हाल काठमाडौँमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, भक्तपुरमा १ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा २ हजार २ सय ६४ जना रहेका मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार थप २ हजार ५ सय ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ९ सय ३७ जनाको मृत्यु भइसकेको छ ।