८ कार्तिक २०८३, आइतबार

थप ३१ सय १४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित करिब साढे ३७ हजार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार १ सय ४२ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार ४ जना पुगेको छ ।