
काठमाडौँ, १८ कात्तिक । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २० कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।
यससँगै मृतकको संख्या एक हजार ४ जना पुगेको छ ।
मंगलबार देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३ हजार १ सय ४२ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।















प्रतिक्रिया