१ कार्तिक २०८३, आइतबार

जुनसुकै बाटो हिँडे पनि नेकपा पुग्ने ‘नर्क’ नै हो : खनाल

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । राजनीतिक विश्लेषक एवं साझा पार्टीका पूर्वनेता मुमाराम खनालले भविष्यमा नेकपाले जुनसुकै बाटो हिँडे पनि पुग्ने ‘नर्क’ नै भएको बताएका छन् ।

करिब दुई तिहाई बहुमत प्राप्त गरी सरकारको नेतृत्व गरेको ३ वर्षमा सरकारी ढुकुटीको दुरुपयोग गरेर ‘अवसरको चौबाटो’मा पुगेको भन्दै उनले नेकपाको यो अन्तिम चौबाटो भएको समेत बताएका छन् ।

मंगलबार ब्यंग्यात्मक शैलीमा ट्विट गर्दै उनले नेकपाको नेतृत्वहरुले धेरै नै गल्ती गरेका कारण अब पार्टी माथि उठ्न नसक्ने दाबी समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रिय कमरेड नेकपा, लाल सलाम ! ३ वर्षको अथक सरकारी ढुकुटीको समृद्ध बाटो हिंडेपछि ठ्याक्कै आफ्नो अन्तिम गन्तव्य ‘अवसरवादको चौबाटो’ मा पुग्यौ । हार्दिक बधाई !’

‘तर नेकपा, यो तिम्रो अन्तिम चौबाटो हो । यहाँबाट तिमी जुनसुकै ‘बाटो’ हिँडे पनि पुग्ने ‘नर्क’ नै हो । हार्दिक श्रद्धान्जली !!’, उनले लेखेका छन् ।

उनले यसअघि पनि सरकार र सरकारका नेतृत्वकर्ता आफैले गरेको बाचाहरू पूरा गर्न नसकेको भन्दै सरकार असफल भइसकेको टिप्पणी गर्दै आएका छन् ।