
काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय आमन्त्रित सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्न मंगलबार काठमाडौंमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ ।
पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन वीपी नगर, ललितपुरमा बसेको बैठकले सोमबार राति निधन भएका सांसद तथा उद्योगपति केसीप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
साथै बैठकले कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, १९ गते बुधबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ ।
नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका नेता केसी २०१४ जेठ १० गते जन्मिएका थिए । २०७४ सालको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधिसभा सदस्य बनेका उनले पार्टीमा पनि थुप्रै योगदान गरेको कांग्रेसले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्















प्रतिक्रिया