१ कार्तिक २०८३, आइतबार

‘नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा नेकपा फुट्दैन’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले नेताहरुको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा नेकपा फुट्दै नफुट्ने दाबी गरेका छन् ।

वरिष्ट नेता माधव कुमार नेपालनिकटका रुपमा चिनिने रिजालले मंगलबार सामाजिक सञ्जालमा ट्विटरमा लेख्दै भनेका छन्, ‘सबै असहमतिहरुका समाधान बैठकहरूबाट खोजिन्छ तर पार्टी अहिले फुट्दैन ।’

उनले अब केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्षसम्मै चल्ने र पार्टीको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने पनि बताएका छन् । उनका अनुसार सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन भएपछि पार्टीका असहमति टुंगिने सङ्केत पनि गरेका छन् ।

पार्टी नफुट्ने र केपी ओली नेतृत्वको सरकार पाँचै वर्ष चल्छ भन्दै उनले ट्विटरमा लेखेका आधारहरु यस्तो छन्–

नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ–
१. नेकपा फुट्दैन ।
२. केपी ओलीको नेतृत्व नेकपाको सरकार पॉच बर्ष चल्छ ।
३. प्रचण्डको नेतृत्वमा नेकपा चल्छ ।
४. सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।
५. असहमतिहरूको समाधान बैठकहरूबाट खोजिन्छ ।