१ कार्तिक २०८३, आइतबार

मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु, मृतकको पहिचान खुलेन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सल्यान, १८ कात्तिक । छत्रेश्वरी–६ लान्तीस्थित सडकमा रा. ३ प ४६४९ नम्बरको मोटरसाइकलबाट खसेर दाङ तुल्सीपुरका करिब २६ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको छ ।

मृतकको नाम, थर खुल्न नसकेको प्रहरीले बताएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

मोटसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।