
पाल्पा, १८ कात्तिक । पाल्पामा पानी माग्न आएका तीन जना अज्ञात व्यक्तिले ९ लाख रुपैयाँ बराबरको सुनका गरगहना तथा ३ लाख रुपैयाँ नगद लुटपाट गरेका छन् ।
रामपुर नगरपालिका–८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रुपैयाँसहित करिब ९ लाख ५ हजार रुपैयाँ बरारको सुनका गरगहना लुटपाट भएको हो ।
ती महिलाको घरमा आएका ३ जना अपरिचित व्यक्तिहरुले बिजुली बन्द गरी पानी पिउन मागेको र पानी दिने क्रममा अचानक खुकुरी देखाई कुटपिट गरी उक्त धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ ।
कुटपिटबाट घाइते महिलाको रामपुर अस्पताल पाल्पामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।
लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया