१ कार्तिक २०८३, आइतबार

धादिङमा स्कर्पियो दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १८ कात्तिक । मंगलबार धादिङबाट काठमाडौं आइरहेको स्कर्पियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

बा १५ च ३५०४ नम्बरको उक्त स्कर्पियो नीलकण्ठ नगरपालिका–८ ससाहमा दुर्घटना भएको हो ।

दुर्घटनामा नीलकण्ठ नगरपालिका–३ का ३० वर्षीय विनोद खतिवडा, त्रिपुरासुन्दरी नगरपालिका–२ का ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ, नीलकण्ठ नगरपालिका–७ का २४ वर्षीय विक्रम विश्वकर्मा, काभ्रेको रोशी गाउँपालिका–३ का ३१ वर्षीय चन्द्रलाल प्वापी र नीलकण्ठ नगरपालिका–३ का ३८ वर्षीय आइते नेपाली घाइते भएका छन् ।

गम्भीर घाइते भएका सुरेन्द्र श्रेष्ठ र विनोद खतिवडालाई एभरेष्ट एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ भने आइते नेपालीलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याइएको छ ।

हेलिकोप्टरमार्फत काठमाडौं ल्यायएका श्रेष्ठ र खतिवडाको ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइते २ जनाको भने जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको बताइएको छ ।