
काठमाडौं, १८ कात्तिक । लकडाउन तथा कोरोनाका कारण आर्थिक गतिविधि न्यूनीकरण हुँदा पेट्रोलियम पदार्थको खपत तथा आयात घटेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार खाना पकाउने ग्यास, पेट्रोल तथा डिजेलको आयात घटेको हो । विभागका अनुसार यो वर्ष साउनदेखि असोजसम्म खाना पकाउने ग्यास १० करोड ८४ लाख किलो आयात भएको छ ।
अघिल्लो वर्षको यही अवधिमा ग्यासको आयात ११ करोड २३ किलो आयात थियो । यो वर्षको ३ महिनामा १ लाख २२ हजार ३०८ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो वर्षको यही अविधमा पेट्रोल १ लाख ५७ हजार किलोलिटर आयात भएको थियो ।















प्रतिक्रिया