१ कार्तिक २०८३, आइतबार

काठमाडौंको जंगलमा बँदेल मार्ने पाँच जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ सेतेपहराबाट जंगली बँदेल मारेको अभियोगमा ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका–९ चितलाङका ५० वर्षीय रामदास देउला, २१ वर्षीय सरोज देउला, ४१ वर्षीय भिमदास पोडे तथा ३६ वर्षीय रामचरण पोडे र सोही नगरपालिका–२ का २२ वर्षीय राजेश देउला छन् ।

चन्द्रागिरी नगरपालिका–४ सेतेपहरा थानकोटस्थित जंगलमा जंगली बँदेल मारी ओसारपसार गरिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मृत अवस्थामा रहेको जंगली बँदेल बोकी लैजान लागेको अवस्थामा पक्राउ गरेको बताएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको वृत्तले जनाएको छ ।