१ कार्तिक २०८३, आइतबार

ट्राफिक नियन्त्रण तालिम शुरू

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १३७औं समूहको ट्राफिक नियन्त्रण तालिम शुरू गरेको छ ।

महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले उक्त तालिम कार्यक्रमको उद्घाटन गरे ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक शेरबहादुर चन्दले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त तालिम ४५ कार्य दिनको हुने जानकारी दिए । उनका अनुसार तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५१ जना गरी ५५ जना प्रशिक्षार्थीहरुको सहभागिता छ ।