१ कार्तिक २०८३, आइतबार

अस्ट्रियाको छ ठाउँमा भएको आतङ्कवादी हमलामा २ जनाको मृत्यु, १४ जना घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भिएना, १८ कात्तिक । अस्ट्रियाको राजधानी भिएनास्थित प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

घटनामा १ जना आक्रमणकारी समेत मारिएको बीबीसीले जनाएको छ । यस्तै अर्का एकजनालाई पक्राउ गरिएको तथा अर्का एक जना फरार रहेको बताइएको छ । राइफलसहित आएका व्यक्तिहरूले विभिन्न ६ स्थानमा स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ ।

घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा ‘घृणित आतङ्कवादी हमला’ भनेका छन् ।