२ कार्तिक २०८३, सोमबार

दिल्ली क्यापिटल्स आईपीएलको क्वालिफायरमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १८ कात्तिक । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

यूएईको शेख जायद स्टेडियममा राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो । बेङ्ग्लोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय पारी खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए । यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट भए ।

मार्कुस स्टोनिस १० र ऋषव पन्त ८ रनमा अविजित रहे । तर, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने प्लेइङ सेटमा परेनन् । बेङ्ग्लोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १/१ विकेट लिए ।