८ कार्तिक २०८३, आइतबार

कैलालीका दुई नगर प्रमुखलाई कोरोना संक्रमण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १७ कात्तिक । कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैजना होम आइसोलेसनमा रहेका छन् ।

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको छ । –रासस