
काठमाडौँ, १७ कात्तिक । नेपालमा गत २४ घण्टामा थप ३ हजार १ सय ५० जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ५० जना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।
योसहित निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।
सोमबार थप २ हजार ९ सय ३३ सय जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ९ सय ८४ जना पुगेको छ ।















प्रतिक्रिया