८ कार्तिक २०८३, आइतबार

सोमबार थप २९ सय ३३ जनामा कोरोना पुष्टि, २४ को मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार १ सय ५० जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ९ सय ८४ जना पुगेको छ ।