८ कार्तिक २०८३, आइतबार

काठमाडौँ उपत्यकामा थपिए १६ सय ३० कोरोना संक्रमित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

संक्रमितमध्ये ७ सय २ जना महिला र ९ सय २८ जना पुरुष रहेका छन् ।

हाल काठमाडौँमा १६ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, भक्तपुरमा १ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा २ हजार २ सय ८८ जना रहेका मन्त्रालयले जनाएको छ ।