
काठमाडौँ, १७ कात्तिक । काभ्रेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवराम पोखरेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईले सोमबार एक सूचना जारी गर्दै सिडिओ पोखरेलमा कोरोनाभाइरस संक्रमण देखिएको जानकारी दिएकी हुन् ।
सिडिओमा संक्रमण पुष्टि भएपछि कार्यालयबाट दिइने सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।
कार्यालयका अन्य कर्मचारीहरुमा पनि लक्षण देखिएको हुँमागाईले बताइन् ।
कात्तिक १८ गते देखि २४ गतेसम्म अतिआवश्यक बाहेकका सेवा स्थगित गरिएको छ ।















प्रतिक्रिया