१ कार्तिक २०८३, आइतबार

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त भएका छन् ।

भारतीय स्टेट बैंकले कात्तिक १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा कान्तलाई पठाएको हो ।

भारतीय स्टेट बैंकसँगको सेवा सम्झौताबमोजिम भारतीय स्टेट बैंकले प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतमा आफ्ना प्रतिनिधि पठाउने व्यवस्थाअनुरुप उनलाई नियुक्त गरिएको बताइएको छ ।