१ कार्तिक २०८३, आइतबार

११ वर्षीया बालिका बलात्कार गर्ने ६० वर्षीय रनबहादुर पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १७ कात्तिक । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढी गाउँपालिका–७ सुकौरा पोलदमारका ६० वर्षीय रनबहादुर स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।

रनबहादुरले ती बालिकालाई गत बुधबार (कात्तिक १२ गते) जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१४ धापखर्कका २१ वर्षीय अशोक भन्ने एकबहादुर मगरलाई पनि आइतबार नै प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।