
काठमाडौं, १७ कात्तिक । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुबाटोमा लागिसकेको बताएका छन् ।
उनी कुबाटोमा लागिसक्दा पनि उनका अरु कार्यकर्ताले चाल नपाएको भन्दै उनले ओलीको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न समेत गरेका छन् ।
सोमबार एक ट्विट गर्दै उनले विश्व कम्युनिस्ट आन्दोलन धरासायी हुनुको प्रमुख कारण मुल पार्टी वा नेतृत्वले रंग फेरेपछि बाँकी कार्यकर्ताले विद्रोह गर्न नसक्नु भएको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन्, अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने ?’















प्रतिक्रिया