१ कार्तिक २०८३, आइतबार

आजको मौसम पूर्वानुमान : कहाँ–कहाँ हुँदै छ वर्षा ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको बताएको छ ।

पानी पार्ने कुनै प्रणाली नभए पनि स्थानीय वायुको प्रभावका कारण ती प्रदेशका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको हो ।

यस्तै वागमती र प्रदेश २ बाहेकका अरु ठाउँमा आज दिनभर नै बादल लाग्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

घाम लागिहाले पनि फेरि एकैछिनमा बादल लाग्ने भएकाले यी ठाउँमा आज अधिकतम तापक्रम पनि घट्न सक्ने अनुमान छ । वागमती र प्रदेश २ को मौसम भने सामान्यतया सफा नै रहने छ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले केही दिनदेखि चिसो बढ्न थालेको छ ।

आज बिहान काठमाण्डौको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ ।